चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- hamro_kantipur
- २०७७ मंसिर २४

चितवन, पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ना४१प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।
शीर्ष समाचार
- ककनीका युवाहरुद्वारा पहिराेपीडित न्याैपानेलाई साढे ३ लाख सहयोग रकम हस्तान्तरण
- बिरगंजमा बिपन्न वर्गको लागि बिवाहमा चाहिने आवश्यक सामाग्री वितरण
- धर्म भनेको के हो र किन मान्ने गरिन्छ ?
- कोरोना खोप उत्पादन गर्ने भारतको सेरम इन्स्टिच्युटमा आगलागी
- संसद विघटनविरुद्ध आज कांग्रेसद्वारा देशभरका सबै वडामा प्रदर्शन
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्