अर्काको नाममा परीक्षा दिइरहेको २ जना पक्राउ

सुर्खेत, अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका–३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् ।
बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका–२ बस्ने धन बहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्