देउखुरीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

देउखुरी, मोटरसाइकलको ठक्करबाट देउखुरीमा एककोे मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मगरको आज बिहान मृत्यु भएको हो ।
बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्