November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

निकिशामाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने युवक पक्राउ

  • 30
    Shares

काठमाडौं,  निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् ।

भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।

भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घटनाको छानबिन गर्न निर्देशन गर्न पत्राचार गरेको थियो । प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको