April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

काठमाडौं, कोरोनाको संक्रमणबाट मोरङ र सुनसरीमा थप चार महिलाको मृत्यु भएको छ ।

संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक झापा र सुनसरीका महिला हुन्। झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् ।

मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन । ती महिलामा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको पनि उपचारका क्रममा नोबेलमै अस्पतालमा मृत्यु भएको छ । दाहालका जानकारी दिए अनुसार कोरोना देखिएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको वृद्धाको शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिकामा पनि संक्रमित दुई महिलाको मृत्यु भएको छ ।

धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया ती महिलाको साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै उच्च रक्तचापको पनि समस्या रहेको ८१ वर्षीया महिलाको पनि शुक्रबार साँझ नै मृत्यु भएको श्रेष्ठले बताएका छन् । कात्तिक १९ गते कोरोना पुष्टि भएपछि २० गते कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको