November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

भारतीय सेनाध्यक्ष नरवणेलाई कालो झण्डाले स्वागत गर्छु भन्ने पुण्य गौतम पक्राउ

  • 25
    Shares

काठमाडौं, विभिन्न विषयमा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको हो ।

गौतमले भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका थिए । नरवणे आजबाट तीन दिन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् ।

नरवणेले नेपालसँग सीमा विवाद हुँदा देहरादूनमा पुगेर घुमाउरो पाराले नेपालमाथि चीनको उक्साहटमा परेको आरोप लगाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको