November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

झापामा कोरोना संक्रमणबाट थप तीनको मृत्यु

  • 1
    Share

झापा, कोरोना भाइरसको सङ्क्रमणबाट झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् ।

दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शनिबार मात्रै उपचारका लागि नोबेल पुर्‍याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै पोजेटिभ आएको थियो ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल नामक एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो ।

केही दिनयता उनि होम आइसोलेसनमा बसेका थिए । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उनी घरैमा उपचाररत थिए ।

योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको