December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

२४ घण्टा नबित्दै थप पाँच सङ्क्रमितको मृत्यु

  • 13
    Shares

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टा बित्न नपाउँँदै थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएराति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । ती पुरुषलाई असोज १३ गते कोरोना पोजेटिभ देखिएको थियो ।

बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

उनलाई २६ असोजमा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको पनि मृत्यु भएको छ । मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले डिस्चार्ज दिएकोमा उनको हिजो बाटोमै मृत्यु भएको हो ।

उता, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन्

शीर्ष समाचार

धेरै पढिएको