December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

बाँँकेमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु

  • 23
    Shares

बाँँके, बाँँकेमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुष रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको