April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

धरानमा कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु

धरान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान इटहरी –६ की ६० वर्षीया महिला र मङ्गलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठकाले बताएका छन् । उनी मधुमेहको बिमारी भएको बताइएको छ ।

यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको