November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि

मकवानपुर, मकवानपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार विहान सार्वजानिक गरिएको नतिजामा मकवानपुरमा थप ७९ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले सञ्चारमाध्यमलाई बताएका छन् ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा २६ महिला र ५३ पुरुष रहेका छन्, । हेटौंडा उपमहानगरका विभिन्न वडाका २६ जना महिला र ४७ जना पुरुष गरी ७३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, बकैया गाउँपालिकाका १ जना पुरुष, मकवानपुरगढी गाउँपालिकाका २ जना पुरुष र जिल्ला बाहिर ठेगाना भएका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको