September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार

भरतपुर अस्पतालमा थप एक कोरोना सङ्क्रमित महिलाको मृत्यु

भरतपुर, भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् । उनीको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।