
बाँके, बाँकेमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । शनिवार राति पाँच मिनेको अन्तरमा थप दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका ८, गोल्छा निवासी ७१ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका १० निवासी ८४ वर्षीय पुररुष छन् ।
महिलाको गएराति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो। उनलाई असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा गम्भीर प्रकृतिको निमोनिया रहेको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।






