April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बाँकेमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

  • 7
    Shares

बाँके, बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजे मृत्यु भएको हो ।


आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमण देखिएपछि आजै कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको