April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

सप्तरी, सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको