
चितवन, कोरोना ङ्क्रमणबाट सोमबार दिउँसो भरतपुरको सरकारी अस्पतालमा थप एकको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् । दुवै मृगौलाले काम नगरेपछि उनले अस्पतालमा डायलाइसिस पनि सेवा लिदै आएका थिए ।
उनमा असोज ४ गते कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । असोज ७ गते उनी भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।







