January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

पहिरोले स्करपियो पुरिँदा एकजनाको मृत्यु

  • 31
    Shares

मकवानपुर, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले स्करपियो पुरिँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तर्गत् पर्ने इन्द्रसरोवर गाउँपालिका वडा नं २ देउराली नजिक पहिरो खस्दा स्करपियो पुरिएको हो ।

काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्करपियो पुरिँदा स्करपियोमा सवार एकजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । मृत्यु हुनेको पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका अनुसार पहिरोसँगै स्करपियोलाई ठूलो ढुंगाले थिचेको छ । पहिरो पन्छाउने कार्य भैहरेको उनले बताए । थप विवरण आउन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको