कलाकार अशेष डंगोलले अमेरिकामा गरे एकल सांगितिक कार्यक्रम

काठमाडौं – संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली कलाकार अशेष डंगोलले संयुक्त राज्य अमेरिकामा एकल सांगितिक कार्यक्रम दमदार रुपमा सांगितिक प्रस्तुत पुस २० गते गरेका छन् ।
हिमालयन ग्रिल वाटर फोन्ट प्यासिफिक कोष्ट हाइवेयमा करिब दुई घण्टासम्म चलेको सांगितिक कार्यक्रमा गायकद्वय अशेष डंगोलको करिब २५, २६ बर्ष मिहिनत गरेर निर्माण गरिएकाे नयाँ नेपाली मौलिक सांगितिक धुनहरु सुनेर आनन्दपूर्वक ध्यान बस्न मिल्ने जनाए ।
साथै गत पुस १४ गते विश्वभर ब्लुज संगितका लागि ह्युस्टनमा अवस्थित ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा बेजोड शैलीको सांगितिक प्रस्तुति दिएर स्वर्ण अक्षर इतिहासले नाम लेखाउन सफल भएका छन् ।
करिब ९० मिनेटसम्म भएको कार्यक्रममा उनलाई बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि’ ले साथ दिएका थिए भने जसमा टुर म्यानेजरेको भूमिका प्यूष दाहालले गरेका थिए ।
सो एकल सांगितिक प्रस्तुति गरेको कार्यक्रममा उनकै मौलिक गीतहरू जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म, आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीतहरू प्रस्तुत गरेर दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए ।
आइबि रुम, एल्बानी क्यालिफोनियामा आयोजना हुने सांगितिक कार्यक्रममा अशेष डंगोललाई ब्लुज एम्बोसी अफ नेपाल भनेर आगामी माघ ६ गते सम्मान गरिने छ ।
संयुक्त राज्य अमेरिको सांगितिक भ्रमण पूरा गरि आगामी माघ १२ गते जन्मभूमि देश नेपालमा फर्किने कार्यक्रम रहेको छ । यस भन्दा अगाडि भाद्र २९ गतेदेखि ३० सम्म चलेको बेस्ट द् याम ब्लुज महोउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेका थिए ।
अशेष डंगोलको परिचय
काठमाडौं धर्ति पुत्र “अशेष डंगोल” आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहोरात्र रूपमा पाइला राख्दै आएका विश्वभर “हिमालयन हेंड्रिक्स” उपनामले चर्चित रहेका छन् । यो उपाधी उनलाई सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएको थियो । उनका विभिन्न गीतहरु नेपालको हिट्स एफ।एम म्यूजिक अवार्डमा छनौट तथा तथा विश्वका १२ वटा राष्ट्रमा समेत सांगितिक प्रस्तुत गर्न सफल भएका छन् ।
प्रतिकृया दिनुहोस्