June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

हेयरवेज ब्युटी एकेडेमी सञ्चालनमा

काठमाडौँ, ३१ असार । सुनधारास्थित काठमाडौँ मलमा शुक्रवारबाट सुन्दरताका पारखीहरुलाई मध्येनजर गर्दै ‘हेयर वेज ब्युटी एकेडेमी’ सञ्चालनमा आएको छ । अभिनेत्री गौरी मल्ल र अभिनेता प्रशान्त ताम्राकारको उपस्थितिमा सो एकेडेमीको उद्घाटन गरिएको हो ।
प्रशान्त र गौरी मल्लले उद्घाटनमा रिबन काट्दै संस्थाकी संस्थापक रिना निरौलालाई सफलताको कामना गरेका थिए ।लामो समय देखी यसै पेसा (सौन्दर्यको क्षेत्र)मा आबद्ध रहँदै आएकी रिना निरौलाले आफ्नै लगानीमा मलको चौथो तलामा सो एकेडेमी सञ्चालनमा ल्याएकी हुन् । रिनासँगै निर्मला खतिवडाको पनि यस एकेडेमीमा लगानी रहेको छ ।
एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापनसँगै ट्रेनिङ समेत सञ्चालन गरिने निरौलाको भनाइ छ । साथै, सञ्चालकको तर्फबाट अतिथिलाई बुके प्रदान गर्दै आफ्नो नयाँ काममा साथ दिएकोमा रिनाले धन्यवाद समेत ज्ञापन गरेकी थिइन ।

शीर्ष समाचार

धेरै पढिएको