कालको चाल
– हरिकृष्ण सिलवाल
कसैलाई नदिई पत्ता
सुटुक्क भित्र आउँछ
रोगी, भोगी, दुखी सबमा
आर्तनाद गराउँछ
भन्दैन बालक–बुढो
छानी छानी उठाउँछ
पृथ्वी तटमा यसले
हाहाकार मच्याउँछ
देखिँदैन कतै काहीँ
सुटुक्क भित्र आउँछ
मृत्युको बलियो पासो
कहाँबाट पठाउँछ ?
सुन्दैन अरुको कुरा
देखिँदैन कतै पनि
आँसुको दहमा पौडी
खेल्न मात्र रमाउने
कस्तो छ कालको रुप
देखिँदैन कतै पनि
बेडाउँछ सधैँ उसले
निर्दयी निस्ठुरी बनी
(भाद्र ३० , २०७८) –काभ्रे
प्रतिकृया दिनुहोस्