October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार

सिन्धुपाल्चोकमा उत्पादित अर्ग्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात

चौतारा, पछिल्लो समय जिल्लामा उत्पादित अर्ग्यानिक कफीमा विदेशी चासो बढेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै किसानले व्यावसायिक रुपमा खेती सुरु गरेका छन् ।

सिन्धुपाल्चोकमा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिरहेका छन् ।

किसान सुदर्शन बोलखेका अनुसार जिल्लाका विकट गाउँमा उत्पादित अर्गानिक कफीले अन्तर्राष्ट्रिय बजारमा उच्च माग पाएपछि व्यवसाय लागतअनुसार मूल्य पाउन सकिएको छ ।

गत वर्ष १८ मेट्रिक टन पाचमेन्ट र पाँच मेट्रिक टन चेरीकफी जापान, कोरिया र जर्मनी निर्यात भएको जिल्ला कफी सहकारी संस्थाका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चारमाध्यमलाई जानकारी दिए ।  कफी विदेशी बजारमा गुणस्तरीय मानिएपछि माग बढेको हो ।

शीर्ष समाचार

धेरै पढिएको