May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

जुम्लामा ५० करोडको स्याउ उत्पादन, प्रतिकेजी ६० रुपैयाँ

file photo

काठमाडौं, यस वर्ष जुम्लामा ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ भने जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।

धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी गरिसकेका कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।

कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको हो ।

चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ ।

निमित्त कार्यालय प्रमुख अधिकारीले भने, “त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रु ५० करोड आम्दानी हुन्छ । तत्कालै शीत भण्डारको व्यवस्था नहुँदा अझै किसानले बढी लाभ लिन नपाउने अवस्था यथावतै छ ।”

यसैगरी स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क दिइएको उनले छ । जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ ।

अहिले जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी रु४० र ए ग्रेडको स्याउ प्रतिकेजी रु ६० भन्दामाथि बिक्री भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको