April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

तनहुँका कृषकलाई चैते धान रोप्न चटारो

  • 19
    Shares
file photo

तनहुँ, चैत महीनाको सुरुवातसँगै तनहुँ जिल्लाका कृषकलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा अहिले कृषक चैते धान रोप्न व्यस्त छन् ।

व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलका अनुसार उनले चैते धान रोपिसकेको बताएका छन् । उनको मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको बताए । 

म्याग्दे गाउँपालिकाका कृषक पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं –३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका कृषक धान रोप्न व्यस्त रहेको बताउँछन् । 

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् । यस्तै जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा तीन हजार ५०० हेक्टरमा चैते धानखेती हुने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको