May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

अदुवाको उचित मुल्य नपाउँदा किसान मारमा, सावाँसमेत नउठेपछि खेती नै छाडे

  • 7
    Shares

इलाम, अदुवाको उचित मुल्य नपाउँँदा इलामका किसान मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष अदुवाको मुल्य घटेसँगै उनीहरु चिन्तित बनेका हुन् । गत वर्ष अदुवाको मुल्य धेरै पाउँदा हौसिएका किसान यस वर्ष कम मूल्यमै अदुवा बेच्न बाध्य भएका छन् ।

गत वर्षमात्र होइन बीउ अदुवाको सिजनमा पनि भाउ उल्लेख्य थियो । पछिल्लो समय भारतीय बजारमा अदुवा सस्तिएसँगै नेपाली बजारमा पनि भाउ कम भएको हो ।

गत वर्ष अदुवाले राम्रो मूल्य पाएपछि फाकफोकथुम गाउँपालिकाका किसान गिरिजा खनालले सदाको भन्दा धेरै खेती गरेका थिए। यस वर्ष ह्वात्तै भाउ घट्दा अदुवाको लागत मूल्यसमेत नउठेको उनले बताएका छन् ।

अदुवाको भाउ सधैँ अस्थिर हुन्छ । एक वर्ष आए अर्का वर्ष नआउने भएकाले सोचेझैँ आम्दानी लिन नसकिएको किसानको भनाइ छ । इलाममा उत्पादन हुने अदुवाको ठूलो परिमाण भारत निकासी हुन्छ ।

अन्य खेती विस्थापित गरेर अदुवा खेती लगाए पनि लागतअनुसारको मूल्य नपाउँदा निरास हुनुपरेको फाकफोकथुमकै अर्का किसान गुरुभक्त नेपालले बताए ।

अघिल्लो वर्ष भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यातमा समस्या थियो । व्यावसायिक किसानको सावाँसमेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् ।

शीर्ष समाचार

धेरै पढिएको