
काठमाडौं, कोरोना संक्रमणका कारण विराटनगरको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुषको मृत्यु भएको छ । झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो । उनी असोज पाँच गते विराट मेडिकल कलेजमा भर्ना भएका थिए । उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो ।







