
काठमाडौं, नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशोक परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो ।
लामो समय देखि दम रोगको पिडित गौतमलाई थप समस्या भए पछि उपचारको लागी जिल्ला कै सामुदायिक मिशन अस्पताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्यमा केहि सुधार आए पछि २० दिन अघि घर लगिएको गौतमका परिवारले बताएका छन ।समाचारपत्र






