
एजेन्सी, कोरियाली फुटबल स्टार सन हुङ मिनले चार गोल गर्दा टोटनहामले प्रिमियर लिगमा साउथह्याम्टनविरुद्ध सानदार जित निकालेको छ ।
५-२ को जितमा सनले पहिलो गोल पहिलो हाफमा पेनाल्टीमार्फत् गरेका थिए । दोस्रो हाफमा तीन गोल गरेका सनले सानदार खेल पस्किएका थिए । टोटनहामका लागि कानेले एक गोल गरे ।
टोटनहामले शुरुवाती अग्रता लिएपनि सम्हालिन सकेन । इंग्सले ३२ र ९० औं मिनेटमा गोल गरेका थिए ।एजेन्सी







