
काठमाडौं, गत २४ घन्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा थपिएका छन् । भारतमा एकै दिनमा झण्डै ९३ हजार संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा पनि भारतीय नै सबैभन्दा बढी छन् ।
भारतमा कोरोना संक्रमणका कारण एकै दिन ११ सयभन्दा बढीको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५४ लाखको नजिक पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ८६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लगातार संक्रमितको संख्या बढिरहेकाले भारतमा अक्सिजन लगायत स्वास्थ्य उपकरण तथा पूर्वाधारको अभाव हुन थालेको छ ।
कोरोनाबाट प्रभावित अमेरिका र ब्राजिलमा पनि पुन संक्रमण बढेको छ । विगत केही हप्तादेखि दैनिक संक्रमण निकै तल झरेको अमेरिकामा पछिल्लो २४ घन्टामा ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।







