
काठमाडौं, १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई १६३ रनको लक्ष्य दिएको छ ।
अबुधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको हो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ४२ रनको योगदान गरे । ३१ बल खेलेका तिवारीले ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भएका हुन् ।एजेन्सी







