
काठमाडौं, विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ । अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ ।
दुई करोड २३ लाख ५३ हजार ३०६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।






