
काठमाडौं, विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो ।
खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७:४५ बजे सुरु हुनेछ । यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा सुरु हुन लागेका हो ।
आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्न लागेका छन्। उनी दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन् । दिल्लीले उनलाई तिन सिजनका लागि ३२ लाखमा अनुबन्ध गरेको थियो ।







