
काठमाडौं, पछिल्लो समय काेराेना संक्रमितको संख्या दिनदिनै बढ्दै गैरहेकाे छ । आज मात्रै देशभर १५ सय ३९ जना काेराेना संक्रमित थपिएका छन् । बुधबार नेपालमा थप १ हजार ५३९ नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५८ हजार ३२७ पुगेको छ । आजको पीसीआर टेस्ट १० हजार ४९४ रहेको छ । देशभर हाल १६ हजार २४२ सक्रिय सङ्क्रमित रहेका छन ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १ हजार ६८ जना डिस्चार्ज भएका छ्न । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मिडिया ब्रीफिङमा बताएका छन् ।
त्यसैगरी बुधबार ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेकाे कुल संख्या ३७९ जना पुगेका छन् ।






