
काठमाडौं, भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको भारतको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका कारण एक हजार ५४ जनाको मृत्यु भएको हो ।
कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या पनि ४९ लाख ३० हजार २३७ पुगेको छ भने गएको २४ घण्टामा मात्र ८३ हजार ८०९ नयाँ संक्रमित थपिएका हुन् ।






