
म्यान्चेस्टर, तीन खेलको ओडिआई सिरिज अन्तरगत पहिलो खेलमा इङ्ल्यान्ड पाहुना टोली अस्ट्रेलियासँग १९ रनले पराजित भएको छ। ओल्ड ट्राफोर्डमा शुक्रबार भएको खेलमा इङ्ल्यान्डले २९५ रनको लक्ष्य भेट्टाउन नसक्दा पराजित भएको हो ।
तीन खेलको एकदिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाएपछि अष्ट्रेलियाले जित हासिल गरेको हो ।
यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । तीन खेलको सिरिजअन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।







