
कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका बारेमा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासहित विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताएका छन् ।
विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना नेपाली देशबासीलाई सरकारले समयमै उद्धार गर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले समस्याको प्राथमिकता र देशभित्रको उचित तयारीका पछि विदेशमा रहेका श्रमिकलाई फर्काउने काम छिट्टै शुरु गरिने बताएका छन् ।
सरकार आफ्ना नागरिकप्रति संवेदनशील रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा यसमा चिन्ता नगर्न अाग्रह गरेका छन् नेपालीहरु ठूलो संख्यामा रहेका देशका सरकार प्रमुखसँग आफूले नेपालीको सुरक्षाका विषयमा कुरा गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले त्यहा रहेका नेपालीलाई सहयोग गर्न पनि अनुराेध गरिसकेकाे बताएका छन् ।







