
तेहरान, भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उनिहरुबिच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिएका छन ।
उहाँले सो भेटघाट निकै फलदायी रहेको बताएको छ । त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो । मस्को पुग्नुभएका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान गएका थिए र सोही क्रममा भारत र इरानबीचको द्धिपक्षीय प्रतिरक्षासम्बन्धी मुद्धामा छलफल भएको थियो ।
सो कुराको जानकारी इरानी रक्षामन्त्रालयले जानकारी दिएको हो । उनिहरुबिच यस क्षेत्रको क्षेत्रीय शान्तिका विषयमा छलफल भयो । त्यसैगरी अफगानिस्तानको शान्ति तथा त्यहाँको स्थायित्वका बारेमा पनि मा कुराकानी भएको थियो ।






