
काठमाडौँ, वर्षा र सहकालका देवता रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथ आइतबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट केही मिटर परसम्म तानिएको छ ।
दिउँसो ३.०० बजे रथ तान्न सुरु भएको रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःबहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै गुर्जुपल्टनले सलामीसमेत दिइएको थियो ।
रोना (कोभिड १९) को महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण मत्स्येन्द्रनाथको रथ तान्ने रोकिएको थियो । रथ तान्नुपर्ने दबाबसहित विभिन्न संस्कृति अभियन्ता तथा पुल्चोकका स्थानीयले दबाब दिँदै आएका थिए ।
रथयात्रामा सहभागी मानिसले खुसीका साथ पहिला हात हल्लाएर “होस्टे, हैंसे” शब्दको उच्चारण गरी बल लगाएर रथलाई विस्तारैविस्तारै तानेर पाटी नजिकै पु¥याएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताएका छन । उनले भने, “रथयात्रा गर्न उपस्थित सहभागीले बेला बेलामा रथ तान्ने र समय समयमा नाच्ने गरेको दृष्यले पुल्चोकमा एकदमै मनमोहक भयो ।” मच्छिन्द्रनाथको रथमा राता, सेता ध्वजाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएको ध्वजासमेत खुबै फरफराएको महर्जनले जानकारी गराए ।







