
काठमाडौं, नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । यस्तै आज पनि सुन तोलाको ३०० रुपैयाँँले घटेको छ ।
आइतबार छापावाला सुनकाे मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुनकाे प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ। गत साताको मंगलबार एक हजार ३९५ रुपैयाँसम्म पुगेको चाँदीको भाउ त्यसयता भने गिरावट भएको देखिन्छ।







