थेगु, दक्षिण कोरिया – सविना कार्की
“सम्पूर्ण मगरहरू एक होऔँ” भन्ने मूल नाराका साथ नेपाल मगर संघ, दक्षिण कोरिया थेगु शाखाको छैटौँ अधिवेशन तथा कलाकार एवं स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। हिजो आइतबार (नोभेम्बर १५ तारिख) थेगुस्थित होसानदोङ (호산동) मा आयोजित अधिवेशनले अमर दर्लामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
अधिवेशनसँगै आयोजित विशेष कार्यक्रममा प्रवासमा रहेर पनि कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कलाकार तथा स्रष्टाहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा थेगु तथा आसपासका क्षेत्रमा बसोबास गर्ने मगर समुदायका अगुवा, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा नेपालीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
यसैबीच, मञ्चको तर्फबाट नवनिर्वाचित अध्यक्ष अमर दर्लामी मगर लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू:
अध्यक्ष: अमर दर्लामी मगर
वरिष्ठ उपाध्यक्ष: दुर्गा थापा मगर
उपाध्यक्षज्यूहरू: भुवन राना मगर, सीता रोका मगर
महासचिव: रमेश रेश्मी मगर
सचिव: मुना थापा मगर
कोषाध्यक्ष: हेमन्त थापा मगर
सहकोषाध्यक्ष: कृष्ण पुन मगर
सदस्यहरू:
मोहन मास्की मगर, देव थापा मगर, बलप्रसाद पुन मगर, हरि थापा मगर, नेम पुन मगर, प्रकाश आले मगर, प्रतिमान थापा मगर, सबिना सोमे मगर, धन रोका मगर र कुशल राना मगर रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले थेगु क्षेत्रमा रहेका सम्पूर्ण मगर तथा नेपाली समुदायबीच एकता, आपसी सहयोग र मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।









