दक्षिण कोरिया- सविना कार्की
“बसाइँ प्रदेशको, झल्को मेटाऔँ घर देशको” भन्ने भावनासहित कर्मको सिलसिलामा दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीहरूका लागि महान् पर्व तिहार तथा शुभ-दीपावली २०८३ को अवसरमा विशेष उत्सवहरूको तयारी गरिएको छ। परदेशको व्यस्तताका बाबजुद आफ्ना मौलिक संस्कृति, परम्परा, रीतिरिवाज र आपसी भ्रातृत्वलाई जगेर्ना गर्न दक्षिण कोरियास्थित ६ वटा प्रमुख सामाजिक तथा क्षेत्रीय संस्थाहरूले देउसी-भैलो तथा तिहार विशेष शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने भएका छन्।
प्रवासको भूमिमा नेपाली चाडपर्वको रौनकता जोगाउन र नेपालीहरूबीचको एकतालाई अझ प्रगाढ बनाउन क्रियाशील यी संस्थाहरूले आगामी नोभेम्बर महिनामा कोरियाका विभिन्न सहरहरूमा कार्यक्रम गर्ने आधिकारिक जानकारी गराएका छन्।
छ वटै संस्थाहरूको कार्यक्रमको आधिकारिक विवरण:यस्तो छ।
१. जेजु नेपाल कमिटी

कार्यक्रम: शुभ-दीपावली तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी-भैलो सांस्कृतिक कार्यक्रम २०२६
मिति: २०२६ नोभेम्बर ७ (शनिबार)
समय: साँझ ६:०० बजे
स्थान: जेजुसी 명신 1길 11 KCTU
विशेषता: नेपाली बफेट (Nepali Buffet) तथा ड्रिंक्सको व्यवस्था रहेको छ।
२. अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया

कार्यक्रम: तिहार विशेष देउसी-भैलो कार्यक्रम
मिति: ७ नोभेम्बर २०२६ (शनिबार)
समय: साँझ ७:०० बजे (स्थानीय समय)
स्थान: उरी हिमालयन रेस्टुरेन्टको सभाहल, सुवोन (경기도 수원시 팔달구 매산로1가 16-10, 3층) मा रहेको छ।
३. पूर्वी नेपाल समाज दक्षिण कोरिया

कार्यक्रम: दशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा देउसी-भैलो कार्यक्रम
मिति: ७ नोभेम्बर २०२६ (शनिबार)
समय: साँझ ७:०० बजे (7 PM)
स्थान: लुम्बिनी रेस्टुरेन्टको माथिल्लो तल्ला, दोङ्देमुन, सोल (서울 종로구 종로333, 3층)मा रहेको छ।
४. ह्वासङ नेपाली परिवार दक्षिण कोरिया (सहयोग: ह्वासङ विदेशी कल्याणकारी केन्द्र)

मूल नारा: “प्रवासी भूमिमा एकता नै हाम्रो सहारा हो”
कार्यक्रम: तिहार विशेष लक्ष्मी पूजा तथा देउसी-भैलो कार्यक्रम २०२६
मिति: ८ नोभेम्बर २०२६ (आइतबार)
स्थान: ह्वासङ विदेशी कल्याणकारी केन्द्रको तेस्रो तल्ला (경기도 화성시 향남읍 발안공단로 92-23) मा रहेकोे छ।
५. कास्की परिवार, दक्षिण कोरिया

कार्यक्रम: तिहार विशेष भेटघाट तथा देउसी-भैलो कार्यक्रम-२०८३
मिति: २०८३ कार्तिक २१ गते, शनिबार (०७ नोभेम्बर २०२६)
समय: बेलुका ८:०० बजेदेखि
स्थान: पोखरा रेस्टुरेन्ट (Pokhara Restaurant & Bar)
ठेगाना: 충북 진천군 광혜원면 장기2길 8, 2층 मा रहेको छ।
सम्पर्क व्यक्तिहरू: अध्यक्ष कपिल अधिकारी (01059229440), वरिष्ठ उपाध्यक्ष अमर थापा मगर (01059435186), महासचिव रोहन क्षेत्री (01024018815)
६. भोजपुर परिवार दक्षिण कोरिया
मूल नारा: “कोरियामा भोजपुरे एकता: समुन्नत समाज हाम्रो प्रतिबद्धता”
कार्यक्रम: शुभ-दीपावली २०८३ को पावन अवसरमा आयोजित देउसी-भैलो तथा शुभकामना आदान-प्रदान
मिति: १४ नोभेम्बर २०२६ (शनिबार)
समय: बेलुका ८:०० बजेदेखि
स्थान: आनसान आँगन रेस्टुरेन्ट (Second Floor, Metro Line Number 4), आन्सान (경기도 안산시 단원구 원곡동 796-20) मा छ।
‘हाम्रो कान्तिपुर’ को तर्फबाट उच्च सम्मान तथा विशेष आभार:
मातृभूमिभन्दा हजारौँ माइल टाढा परदेशको व्यस्तता र कडा श्रमका बाबजुद नेपाली मौलिक चाडपर्व, धर्म, संस्कृति र पहिचानलाई जोगाइराख्न अहोरात्र खटिने यी ६ वटै सामाजिक सङ्घ-संस्थाहरू (जेजु नेपाल कमिटी, अर्घाखाँची सम्पर्क मञ्च, पूर्वी नेपाल समाज, ह्वासङ नेपाली परिवार, कास्की परिवार र भोजपुर परिवार) प्रति ‘हाम्रो कान्तिपुर’ अनलाइन मिडिया परिवार हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछ।
प्रवासमा छरिएर रहेका नेपालीहरूलाई एकै सूत्रमा बाँध्ने, दुःख-सुखमा साथ दिने र आफ्ना सांस्कृतिक मूल्य-मान्यतालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने यी संस्थाहरूका प्रयासहरू अत्यन्तै प्रशंसनीय छन्। ‘हाम्रो कान्तिपुर’ परदेशमा नेपाली स्वाभिमान र संस्कृतिलाई उँचो राख्ने यस्ता रचनात्मक एवं सामाजिक कार्यहरूलाई सदैव उच्च प्राथमिकताका साथ प्रचार-प्रसार गर्न प्रतिबद्ध छ।
आयोजक संस्थाहरूले दक्षिण कोरियामा कार्यरत तथा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ-आफ्नो सुगम पायक पर्ने स्थान र मितिका कार्यक्रमहरूमा सहभागी भई देउसी-भैलोको रौनकता बढाइदिनुहुन हार्दिक अनुरोध गरेका छन्।







