सउल दक्षिण कोरिया सविना कार्की
दक्षिण कोरियामा क्रियाशील नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूबीच राजनीतिक, वैचारिक र सङ्गठनात्मक सम्बन्धलाई भावनात्मक गहिराइ प्रदान गर्दै आपसी आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले ‘DEAR COMRADE EVENT 2026’ आयोजना हुने भएको छ।
“सम्बन्ध विचारले जोडिन्छ, आत्मीयताले गहिरिन्छ र सहयात्राले सुदृढ बन्छ” भन्ने मूल मर्मका साथ अन्तर्राष्ट्रिय नेपाली मञ्च, दक्षिण कोरियाको आयोजनामा यो विशेष कार्यक्रम हुन लागेको हो।
कार्यक्रमको मुख्य उद्देश्य र विशेषता
औपचारिक राजनीतिक गतिविधिभन्दा माथि उठ र कोरियामा रहेका कमरेडहरूबीच विश्वास, सद्भाव, आत्मीयता र सामूहिक सहयात्राको भावना सुदृढ गर्ने साझा अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ। राजनीतिक विचार र सङ्गठनात्मक प्रतिबद्धतालाई मानवीय संवेदनासँग जोड्दै एकअर्काका अनुभव र विचार नजिकबाट साटासाट गर्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मञ्चका अध्यक्ष जीवन खतिवडाले जानकारी दिनुभएको छ।
कार्यक्रमको विवरण:

मिति: ३१ अक्टोबर र १ नोभेम्बर २०२६ (अक्टोबर ३१ – नोभेम्बर १) स्थान: 168 Samyang-ro 181-gil, Gangbuk-gu, Seoul (सिओल, दक्षिण कोरिया)
“Dear Comrade — I’M WITH YOU” भन्ने सन्देशसहित साथ, विश्वास र सहयात्राको भावनालाई आत्मसात् गर्न दक्षिण कोरियामा कार्यरत सम्पूर्ण पार्टीका नेता, कार्यकर्ता तथा कमरेडहरूलाई कार्यक्रममा उपस्थित हुन आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली मञ्च, दक्षिण कोरियाले हार्दिक आह्वान गरेको छ।






