इतिहासमै पहिलोपटक विदेशी भूमिमा ‘प्रथम सिन्धुपाल्चोक कप डण्डीबियो प्रतियोगिता-२०२६’ आयोजना हुँदैछ।
सोल, दक्षिण कोरिया– सविना कार्की
“हाम्रो खेल, हाम्रो पहिचान — डण्डीबियो हाम्रो शान!” भन्ने मूल नाराका साथ इतिहासमै पहिलोपटक विदेशी भूमिमा नेपालको मौलिक तथा परम्परागत खेल डण्डीबियो प्रतियोगिता आयोजना हुने भएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर ८, २०२६ (आइतबार) का दिन किम्पो युनिभर्सिटीमा ‘प्रथम सिन्धुपाल्चोक कप-२०२६ डण्डीबियो प्रतियोगिता’ सञ्चालन हुन लागेको हो।

नेपाली संस्कृति, सीप, चपलता र सामूहिकताको पहिचान बोकेको डण्डीबियो खेललाई संरक्षण र प्रवर्द्धन गर्दै प्रवासमा रहेका नयाँ पुस्तामाझ चिनाउने उद्देश्यले यो ऐतिहासिक प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।
प्रतियोगिताको समय, स्थान र टिम संरचना
मिति: ८ नोभेम्बर २०२६, आइतबार (08 November 2026, Sunday)
समय: बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म
स्थान: किम्पो युनिभर्सिटी (Kimpo University), किम्पो, ग्योङ्गी-डो
टिम संरचना: ५ जना नियमित र २ जना अतिरिक्त गरी प्रत्येक टिममा जम्मा ७ जना खेलाडी रहनेछन्।
टिम दर्ता शुल्क: प्रति टिम १,६०,००० वन (₩160,000)
आकर्षक नगद पुरस्कार
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ:
प्रथम पुरस्कार: ₩१,००,००,००० (१० लाख वन) + ट्रफी तथा प्रमाणपत्र
द्वितीय पुरस्कार: ₩५,००,००० (५ लाख वन) + ट्रफी तथा प्रमाणपत्र
सर्वाधिक बियो क्याच: ₩१,००,००० (१ लाख वन)
सर्वाधिक ट्याक: ₩१,००,००० (१ लाख वन)
टिम दर्ता तथा लोकेसन हेर्ने तरिका
प्रतियोगितामा सहभागी हुन चाहने खेलप्रेमीहरूले आधिकारिक पोस्टरमा राखिएको QR कोड स्क्यान गरी टिम दर्ता फारम भर्न सक्नेछन्। त्यसैगरी अर्को QR कोडमार्फत खेलमैदानको प्रत्यक्ष लोकेसन (Map) प्राप्त गर्न सकिनेछ।
सम्पर्क तथा टिम दर्ताका लागि:
सन्तोष लुइटेल: 010-7772-6032
भुवन दाहाल: 010-2192-0645
उद्धव नेपाल: 010-3398-3758
राज लोप्चन: 010-5943-4912
विशाल श्रेष्ठ: 010-9716-9813
सञ्जीव खतीवडा: 010-3291-7275
सुरज श्रेष्ठ (कोषाध्यक्ष): 010-2491-5764
आयोजक, संयोजक, सहजीकरण तथा प्रायोजकहरू
आयोजक: सिन्धुपाल्चोक समाज दक्षिण कोरिया
सहजीकरण: बागमती प्रदेश एकता समाज दक्षिण कोरिया
समन्वय: नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरिया
मुख्य प्रायोजक: CoinShot Remit
सह-प्रायोजक: Global Telecom
अन्य प्रायोजकहरू: JB Bank Loan (हरिप्रसाद भट्टराई), भेटघाट रेस्टुरेन्ट, Namaste Everest Restaurant, Himalayan Danfe Restaurant, Divine International Academy, Himalayan Trip Travel, र Woori Himalaya Restaurant लगायत।
परदेशमा रहेर पनि आफ्नो मौलिक खेल र राष्ट्रिय पहिचानलाई जीवन्त rakhne यस अभियानमा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थिति भई साथ, सहयोग र हौसला प्रदान गरिदिन आयोजक सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।






