सउल दक्षिण कोरिया,सविना कार्की
पूर्वीय कला, धर्म, संस्कार एवं संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित संस्था ‘सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स)’ दक्षिण कोरियाको आयोजनामा अक्टोबर २५ (आइतबार/पूर्णिमा) का दिन भव्य ‘बडादसैँ टीका, जमरा ग्रहण तथा बृहत् सांस्कृतिक कार्यक्रम-२०२६’ सम्पन्न भएको छ।
अक्टोबर २५ तारिखको मुख्य आकर्षणका रूपमा हेरिएको उक्त कार्यक्रम तोङ्देमुन–दोङ्म्यो क्षेत्रमा नेपाली मौलिक पञ्चेबाजाको घन्कन, राष्ट्रिय झण्डा र संस्थाको ब्यानरसहितको सांस्कृतिक
र्यालीका साथ प्रारम्भ भई उल्लासमय रूपमा सम्पन्न भएको हो।
दोङ्देमुन परिक्रमा र नौ कन्या पूजाको विशेष आकर्षण


कार्यक्रमको सुरुवात तोङ्देमुन स्टेसनबाट नेपाली मौलिक पञ्चेबाजा बजाउँदै, नेपाली झण्डा फहराउँदै र ‘पाँच-स’ को ब्यानरसहित सडक परिक्रमा गरेर गरिएको थियो। राष्ट्रिय तथा जातीय पहिरनमा सजिएका सयौँ नेपालीहरूको उपस्थितिमा निकालिएको र्यालीले सोलको मुख्य क्षेत्रमा बेग्लै नेपालीपन र सांस्कृतिक रौनक छरेको थियो।

कार्यक्रममा वैदिक परम्परा अनुसार नौ कन्याको पूजा अर्चना गरी दान-दक्षिणा प्रदान गरिएको थियो। कन्या पूजापश्चात् उपस्थित श्रद्धालुहरूलाई सेलरोटी, पानीपुरी, अचार लगायतका नेपाली स्वादका पकवानहरू प्रसादका रूपमा वितरण गरिएको थियो।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति
कार्यक्रमकाे सभापतित्व संस्थाका अध्यक्ष महेन्द्र सापकोटाले गर्नुभएको थियोे त्यसैगरी नेपाली राजदूतावास दक्षिण कोरियाका द्वितीय सचिव जेनिम अधिकारीको प्रमुख अतिथ्यतामा formal कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपालबाट आमन्त्रित विशेष पण्डित ज्योतिष ज्ञानप्रसाद सापकोटा तथा पण्डित आचार्य ऋषिराम भण्डारीको पावन उपस्थिति रहेको थियो।
कार्यक्रममा कोरियास्थित सामाजिक तथा राजनीतिक क्षेत्रका नेतृत्वकर्ताहरू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो:
एनआरएनए दक्षिण कोरिया: अध्यक्ष पार्वती माेक्तान, आइसीसी उपाध्यक्ष जुनु गुरुङ, पूर्व अध्यक्ष दीपक पुन, पूर्व अध्यक्ष लक्ष्मी गुरुङ हुनुहुन्थ्यो ।
विभिन्न प्रदेश तथा जातीय संघ-संस्था: गण्डकी प्रदेश कोरियाका अध्यक्ष नरकुमार गुरुङ, सुदूरपश्चिम प्रदेश समाजका अध्यक्ष ओम साउद र आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष सुभराज बोमजन हुनुहुन्थ्यो ।
वैचारिक तथा राजनीतिक भ्रातृ संगठनहरू: नेपाली कम्युनिस्ट पार्टी दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडा, ओएनएफ दक्षिण कोरियाका अध्यक्ष अञ्जन कुलुङ, नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजेन्द्र क्षेत्री, रास्वपा प्रवास विभाग कोरियाका सभापति युवेन श्रेष्ठ, व्यवसायी एवं ओएनएफका पूर्व अध्यक्ष सृजना नेपाली हुनुहुन्थ्यो ।
अन्य अतिथिहरू: केदार निरौला, तिलक हमाल ठकुरी लगायत जिल्लागत संस्थाका प्रायः सम्पूर्ण अध्यक्ष एवं प्रतिनिधिहरू।
कार्यक्रमका लागि जेबी बैंकका तर्फबाट हरिप्रसाद भट्टराईले मुख्य प्रायोजन गर्नुभएको थियो।
औपचारिक तथा सांस्कृतिक सत्र सञ्चालन
कार्यक्रम संस्थाका अध्यक्षको अध्यक्षता र उपाध्यक्ष मनोज भुसालको संयोजनमा सम्पन्न भएको थियो। संस्थाका आजीवन संरक्षकहरू मोहन कार्की, किशोर कोइराला तथा संरक्षकहरू विष्णु थापा, श्याम अर्याल, लोकराज न्यौपाने र कमल अर्यालको सहभागिता रहेको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दुर्गा कुमार (ऋषि) ले गर्नुभएको थियो। त्यसैगरी, विविध सांगीतिक एवं सांस्कृतिक सत्रको सञ्चालन महिला उपाध्यक्ष जयन्ती घिमिरे र सचिव दिनेश पाण्डेले गर्नुभएको थियो। सांस्कृतिक सत्रमा पञ्चेबाजा र नेपाली लोकगीतमा सहभागीहरू छमछम नाचेर दसैँको खुसी साटासाट गरेका थिए।
आयोजक संस्था ‘पाँच-स’ द्वारा हार्दिक आभार
कार्यक्रम उल्लासमय रूपमा सम्पन्न भएपश्चात् सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) ले प्रमुख अतिथि, विशिष्ट अतिथिगण, पण्डित गुरुहरू, मिडियाकर्मी, प्रायोजक, विभिन्न संघ-संस्थाका प्रतिनिधि एवं उपस्थित सम्पूर्ण कोरियाबासी नेपालीहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ।

संस्थाका अनुसार पञ्चेबाजाको गुञ्जन, नौ कन्या पूजा, टीका-जमराको आत्मीयता र उल्लासमय सहभागिताले कार्यक्रमलाई नेपालीपन, एकता र सांस्कृतिक गौरवको एक अविस्मरणीय उत्सव बनाएको छ।






