
काठमाडौं, सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन ।
अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिदाइ भेट गरेलगत्तै बालुवाटार पुगेर अर्थमन्त्रीले राजीनामा बुझाउनु भएको प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिएका छन । खतिवडाले अर्थ मन्त्रालयमा २ वर्ष ६ महिना १७ दिन र सञ्चार मन्त्रालयमा ७ महिना ८ दिन नेतृत्व गरेका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको एकमात्र रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि डा. खतिवडा शनिबारदेखि स्वतः पदमुक्त हुँदै थिए । तर, उनले स्वतः पदमुक्त हुनुअघि नै शुक्रबार राजीनामा दिएका हुन ।







