काठमाडौँ- बडादसैँ तथा विजया दशमी–२०८३ को पावन अवसरमा स्वदेशमा मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूले पनि हर्षोल्लासका साथ दसैँ मनाएका छन्। कर्मको सिलसिलामा जन्मभूमिभन्दा धेरै टाढा रहेका नेपालीहरूले दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका (युएस), र संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशहरूमा भव्य रूपमा दसैँको टीका र जमरा लगाएर खुसी साटासाट गरेका हुन्।
प्रवासमा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधि, व्यवसायी तथा विद्यार्थीहरू एकै ठाउँमा भेला भई मान्यजन र अग्रजहरूको हातबाट रातो टीका, समृद्धिको प्रतीक पहेंलो जमरा र शुभ-आशीर्वाद ग्रहण गर्दै विजया दशमी मनाएका छन्।
भौगोलिक दूरीले परिवार र आफन्तबाट टाढा भए तापनि आफ्नो मौलिक संस्कृति, परम्परा र आत्मीयतालाई जोगाउँदै विश्वभरका नेपालीहरूले दसैँको विशेष रौनक सिर्जना गरेका छन्।
दक्षिण कोरिया, अमेरिका र युएईमा बसोबास गर्ने नेपालीहरूले बडादसैँको टीका-जमरा ग्रहण गरी खुसी मनाएका केही मनमोहक दृश्यहरूलाई समेटेर तयार पारिएको विशेष फोटो फिचर:



नोट: यदि पछि तपाईं दक्षिण कोरिया, युएस र युएई या अन्य कुनै देशबाट हुन्हुन्छ भने फाेटाे सङ्कलन गरेर पठाउनुहाेस तपाईंको फोटोहरू देश अनुसार मिलाएर राखिनेछ।






