सेप्टेम्बर २२ तारिखका दिन 경남이주민센터 काे विशेष सहयोग रहेकाे र 경상남도외국인지원센터 मा कार्यरत नेपाली परामर्श दाता याेगिता गाैतम(Kimyumi) काे मुख्य उपस्थितिमा नमस्ते रेस्टुरेन्टमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा छांवनको KBS का पत्रकार किम ह्यो-क्योङ, क्यामेरा निर्देशकसहित तीन जना र नेपाली प्रवासी समाजका १५ जना सदस्यहरू,नमस्ते नेपाल रेष्टुरेन्टका सञ्चालक बाला थुलुङ त्यसैगरी ख्यङनाम समाज दक्षिण काेरियाका अध्यक्ष रवि खवास नेपाल पत्रकार महासंघ काेरियाका उपाध्यक्ष सविना कार्की सहितकाे टाेलीहरु रेस्टुरेन्टमा भेटघाट हुनुका साथै विभिन्न विषयमा छलफल गरि केहिले अन्तर्वार्ता समेत दिएका थिए।
साथै उक्त कार्यक्रममा छुसक (कोरियाली पर्व) गरेको अवसरमा नेपाली हरुले आफ्नो मातृभूमि र जन्मभूमिको सम्झनाबारे कुराकानी गरेकाे। परामर्श दाता याेगिता गाैतमले बताउनु भएको थियोे ।
साथै, नेपाली प्रवासी समाजले हाल सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूबारे पनि जानकारी गराउनुका साथै संवाद भएको हाे।
त्यसैगरी, MAMF अवधिमा सञ्चालन गर्न लागिएको fundraising अभियानबारे पनि काेरियन पत्रकारहरुलाई जानकारी गराइएको अध्यक्ष रवि खवासले बताउनुभयो ।
उक्त अभियानका लागि अनुभव तथा सांस्कृतिक गतिविधि प्रस्तुत गर्ने बुथको प्रयोग गर्ने योजना रहेको बताइएको छ।








