सविना कार्की दक्षिण कोरिया बुसान:
दक्षिण कोरियामा रहेका नेपालीहरू माझ सक्रिय न्यू भिजन ग्रुपले कोरियाको महान पर्व ‘छुसक’ को अवसरमा ‘बृहत छुसक डान्स पार्टी २०२६’ आयोजना गर्ने भएको छ।
कोरियामा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीचको आत्मीयता र भाइचारा कायम राख्दै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको विवरण यसप्रकार छ:
📅 मिति: २५ सेप्टेम्बर २०२६ (शुक्रबार)
⏰ समय: बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्म
📍 स्थान: 경남 김해시 가야로 202 (태평포시즌빌딩)
बस सेवाको व्यवस्था: सहभागीहरूको सुविधाका लागि आयोजकले बस सेवाको पनि व्यवस्था मिलाएको छ। ‘New Little Nepali Restaurant’ बाट बेलुका ९:०० बजेदेखि राति १:०० बजेसम्म बस चढ्न सकिनेछ।
ग्पका अनुसार, मनोरञ्जनका साथै यस कार्यक्रमबाट संकलित रकम सामाजिक सेवा र आपत्कालीन राहत कोष स्थापनामा खर्च गरिनेछ। त्यसैले, यस मानवीय कार्यलाई सफल पार्न सम्पूर्ण नेपाली समुदायको सक्रिय सहभागिता र सहयोगका लागि आयोजकले हार्दिक अपिल गरेको छ।







