उमेश जंङ कार्की
युएई- ‘असल नागरिकको पहिचान, समाज सेवा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ क्रियाशील सुनसरी समाज, यूएईले भोटेकोशी बाढीपीडितको सहयोगार्थ विशेष “हरितालिका तीज कार्यक्रम-२०२६” आयोजना गर्ने भएको छ।
प्रवासमा रहेका नेपालीहरूबीच सांस्कृतिक सद्भाव साटासाट गर्नुका साथै बाढीपीडितहरूको घाउमा मलमपट्टी लगाउने परोपकारी उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रमको विवरण:
- मिति: १३ सेप्टेम्बर, २०२६ (आइतबार)
- समय: दिनको १:०० बजेदेखि
- स्थान: रक नमस्ते क्लब, एस्टोरिया होटल, बुर दुबई (Bur Dubai)
सांस्कृतिक प्रस्तुति र कलाकारहरू:
कार्यक्रममा नेपालका चर्चित तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ। कार्यक्रममा निरुता गैरे, नारायण सुनार, सोनी भण्डारी, बाबुराम परियार, ओमकार थापा, सन्ध्या थापालगायतका कलाकारहरूका साथै गरिमा डान्स सेन्टरको आकर्षक नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रमुख जिम्मेवारी:
- डाइमण्ड स्पोन्सर: एलिना श्रेष्ठ “आलिया”
- टाइटल स्पोन्सर: लोकेन्द्र क्षेत्री “यात्री”
- कार्यक्रम संयोजक: नमिता थापा
नेपाली संस्कृतिको प्रवर्धन गर्दै दुःखमा परेका स्वदेशी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्ने यो पवित्र अभियानमा उपस्थित भई हातेमालो गरिदिनुहुन युएईमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुनसरी समाज यूएईले हार्दिक निमन्त्रणा तथा स्वागत गरेको छ।
(विशेष जानकारी वा सम्पर्कका लागि: 056 149 2839, 055 919 5540, 050 327 7951)






