उर्जा रेस्टुरेन्टद्वारा रसुवाका बाढीपीडितका लागि ४० हजार रुपैयाँ सहयोग
दक्षिण कोरियामा रहेको ‘उर्जा रेस्टुरेन्ट’ (URZA RESTAURANT) ले नेपालका बाढीपीडितहरूका लागि ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
गत ५ सेप्टेम्बरमा आयोजित विशेष तीज कार्यक्रममा सहभागी करिब ८० जना अतिथिहरूबाट प्रतिव्यक्ति ५०० रुपैयाँका दरले सङ्कलन भएको रकम नेपालको रसुवा जिल्लाका बाढीपीडितको राहतका लागि सहयोग गरिएको हो।
सङ्कलित कुल ४०,००० रुपैयाँ (NPR 40,000) ‘नेपाल क्लियरिङ हाउस’ (NCHL) को इलेक्ट्रोनिक पेमेन्ट गेटवेमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ (Prime Minister’s Disaster Relief Fund) मा हस्तान्तरण गरिएको छ।
विपदमा परेका नागरिकहरूलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको र यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति उर्जा रेस्टुरेन्ट परिवारले धन्यवाद व्यक्त गरेको छ।






