रसुवा बाढी: भीमेश्वर-४ का वडाध्यक्ष चौलागाईँद्वारा पीडित परिवारलाई सान्त्वना
भीमेश्वर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष तारानाथ चौलागाईँले भदौ १० गते रसुवामा आएको बाढीमा परी घाइते भएका राजन खत्री र बेपत्ता सुबिन्द्र नेपालीका परिवारलाई भेटेर सान्त्वना दिनुभएको छ।
वडाध्यक्ष चौलागाईँले सोमबार (सेप्टेम्बर ७) तारिखका दिन आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पीडितका घरमै पुगेर परिवारजनसँग भेटघाट गरी ढाडस र सान्त्वना व्यक्त गर्नुभएको हो।
बाढीबाट प्रभावित दुवै युवा भीमेश्वर–४ निवासी हुन्। भेटका क्रममा उहाँले दुःखद घडीमा स्थानीय सरकार र आफू परिवारको साथमा रहेको प्रतिबद्धता समेत जनाउनुभएको छ।






